काठमाडौँ, १७ पुस । फ्रान्स तथा पिएसजीका स्टार स्ट्राइकर काइलियन एमबाप्पे युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको फ्यान भएको बारम्बार मिडिया रिपोर्टमा आउने गथ्र्यो ।
तर, पछिल्लो उनको एक हर्कतले रोनाल्डोप्रतिको त्यो मोह हराएर गएको बताइएको छ । कुनै समय उनले आफ्नो कोठामा रोनाल्डोका तस्बिरहरु भित्तै भरी टासेका थिए ।
तिनै तस्बिरसँग आफ्नो फोटो खिचेर उनले सामाजिक सञ्जालमा सेयर समेत गरेका थिए । तर, अब भने उनको कोठाबाट रोनाल्डो आउट भएका छन् ।
आफ्ना सुखद घटनाक्रमलाई उनले भित्तामा सजाएका छन् । विश्वकप उपाधि जितेको क्षण, कोपा ट्रफी, लिग वान उपाधि जितेको क्षण र नेयमारसँगको तस्बिरहरु उनले भित्तामा टासेका छन् ।
The post एमबाप्पेको कोठाबाट रोनाल्डो आउट appeared first on Sajha Post.