Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलको सानदार जित, फुलहमविरुद्ध चार गोल

$
0
0

काठमाडौँ, १८ पुस । गएराति भएको प्रिमियर लिगमा आर्सनलले फुलहमलाई ४-१ गोलले पराजित गरेको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलमा ग्रानिट जाखाले खेलको २५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५५ औ मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

तर, खेलको ६९ औ मिनेटमा फुलहमका लागि कामराले गोल गरे । खेलमा फर्कन हरसम्भव प्रयास गरेको फुलहमले आर्सनलका खेलाडीलाई भने रोक्न सकेन ।

खेलको ७९ औ मिनेटमा आर्सनलका आरोन रामसेले गोल गरे । खेलको ८३ औ मिनेटमा पेरी इमरिक एउमयाङले गोल गर्दा आर्सनलले सानदार जित हात पार्न सफल भयो ।

गएको हप्ता लिभरपुलसँग आर्सनलले लज्जास्पद हार भोगेको थियो । यो जितसँगै आर्सनलको २१ खेलमा ४१ अंक भएको छ । फुलहमको १४ अंक रहेको छ ।

The post आर्सनलको सानदार जित, फुलहमविरुद्ध चार गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles