Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १८ पुस । टोटनहमले पनि बाउन्स व्याक गर्दै क्यार्डिफविरुद्ध सानदार जित निकाल्न सफल भएको छ ।
क्यार्डिफको घरेलु मैदानमा टोटनहमले ३-० गोलले पराजित गरेको हो ।
टोटनहमले पहिलो हाफमा तीन गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने गोल हुन सकेन । टोटनहमकालागि ह्यारी केन, क्रिस्टियन इरिकसन र सन हिंग मिनले एकएक गोल गरे ।
यो जितसँगै टोटनहम अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । टोटनहमले २१ खेलमा ४८ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको म्यानसिटीको ४७ अंक रहेको छ । यस सिजन रेलिगेशनबाट उम्कन संघर्षरत क्यार्डिफको १८ अंक रहेको छ ।
The post टोटनहम दोस्रो स्थानमा उक्लियो, क्याड्रिफविरुद्ध सहज जित appeared first on Sajha Post.