काठमाडौँ, २६ पुस । फ्रेन्च लिग कपबाट पिएसजी आउट भएको छ । गएराति भएको खेलमा गुइंगयाम्पसँग २-१ गोलले पराजित भएपछि पिएसजी लिग कपबाट बाहिरिएको हो ।
खेलमा पिएसजीले अग्रता बनाएको थियो ।
उसका लागि नेयमारले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम दश मिनेटमा पिएसजीलाई भारी पर्यो । गुइंगयाम्पले यो दौरान दुई पेनाल्टी पायो ।
खेलको ८१ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एनी जिबाकोटोले बराबरी गोल फर्काए । खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई मार्कस थुरामले सदुपयोग गरे ।
यो हारसँगै पिएसजीले अकल्पनिय नतिजा हात पार्दै लिग कपबाट बाहिरिएको छ । त्यस्तै फ्रेच लिग लिग वानमा पिएसजी शिर्षस्थानमा रहेको छ भने गुइंगयाम्प अन्तिम स्थानमा रहेको छ ।
The post पिएसजीलाई झट्का, लिग कपबाट बाहिरियो appeared first on Sajha Post.