Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीको ऐतिहासिक जित, हान्यो नौ गोल

$
0
0

काठमाडौँ, २६ पुस । इएफएल कपको सेमिफाइनलको पहिलो चरणको खेलमा म्यानचेस्टर सिटीले ऐतिहासिक जित हात पारेको छ । उसले घरेलु मैदानमा बर्टन एल्भियनविरुद्ध नौ गोल गरेको छ ।

बर्टनले एक गोल पनि गर्न सकेन । खेल अवधिभर निरिह देखिएको बर्टनको सेमिफाइनल खेलमा लज्जास्पद हार हो ।

यस सिजन उच्च फर्ममा देखिएको सिटीका लागि यो ऐतिहासिक जित हो ।

म्यान सिटीको जितमा ग्राबियल जेससले चार गोल गरेका थिए ।

त्यस्तै केभिन डि ब्रुने, ओलेक्सजेण्डर, फिलिप फोडेन, कायल वाल्कर र रियाद महरेजले एकएक गोल गरे । इएफएल कपको फाइनल खेलमा लगभग प्रवेश गरेको म्यानसिटीले बर्टनको घरेलु मैदानमा अर्को खेल खेल्नेछ ।

The post म्यानचेस्टर सिटीको ऐतिहासिक जित, हान्यो नौ गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles