Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा डेल रे कपमा बार्सिलोना पराजित

$
0
0

काठमाडौँ, २७ पुस । कोपा डेल रे कपमा बार्सिलोना पराजित भएको छ ।

लेभान्तेसँग भएको खेलमा बार्सिलोना २-१ गोलले पराजित भएको हो । लेभान्तेको घरेलु मैदानमा भएको पहिलो लिग चरण खेलमा बार्सिलोना पछि परेको हो ।

लेभान्तेका लागि खेलको चौथो मिनेटमा नै इरिक काबाकोले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३८ औ मिनेटमा बोर्जा माओरालले लेभान्तेका लागि दोस्रो गोल गर्दा बार्सिलोना पहिलो हाफमा दुई गोलले पछि परेको थियो ।

यस सिजन मध्यम खेल प्रदर्शन गरेको बार्सिलोनाले दोस्रो हाफमा सम्हालिएको खेल प्रदर्शन गरेको थियो ।

उसका लागि खेलको ८५ औ मिनेटमा फिलिपिन्हो कोटिन्होले एक गोल फर्काए । पहिलो खेलमा पराजित भएको बार्सिलोनाले आफ्नो घरेलु मैदानमा हुने खेलमा नतिजा उल्टाउने अपेक्षा भने लिएको छ ।

The post कोपा डेल रे कपमा बार्सिलोना पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles