Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो शानदार जित

$
0
0

काठमाडौं, २९ पुस। थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले फेरी शानदार जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन्जो । यस्तै सिता राना मगरले १६ रन जोडिन ।

ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक–एक विकेट लिईन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक–एक विकेट लिए ।

समूह एु मा रहेको नेपालले जितसँगै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।

The post महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो शानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles