Quantcast
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो, लगातार ६ खेलमा शतप्रतिशत नतिजा

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, ३० पुस । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई पराजित गर्दै ६ खेलमा लगातार शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले टोटनहमलाई १-० गोलले पराजित गरेको हो । म्यानुका लागि मार्कस रासफोर्डले खेलको ४४ औँ मिनेटमा गोल गरेका थिए । नयाँ प्रशिक्षक ओल गनर सोल्सायर आएपछि म्यानु ६ खेलमा अपराजित रहेको छ ।

म्यानुले उच्च लयमा फर्किएको फुटबल समिक्षकहरुको भनाइ छ । यो जितसँगै म्यानुको २२ खेलमा ४१ अंक भएको छ । लिगको तेस्रो स्थानमा रहेको टोटनहमको ४८ अंक रहेको छ ।

गएराति भएको अर्को खेलमा इभर्टनले एएफसी बोर्नेमाउथलाई २-० गोलले पराजित गरेको छ ।

The post म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो, लगातार ६ खेलमा शतप्रतिशत नतिजा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles