काठमाडौँ, २ माघ । गएराति भएको एफए कपमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोबर्सलाई ४-२ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
यस सिजन रेलिगेशनबाट बच्न संघर्षरत रहेको न्युक्यासले एफए कपमा पाएको यो सफलताले खेलाडीहरुमा केही उत्साह थपेको छ ।
खेलको पहिलो मिनेटमा सिन लंगस्टाफले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको २२ औ मिनेटमा क्यालम रोबर्टले दोस्रो गोल गर्दै अग्रता दिलाए ।
तर, ब्ल्याकबर्न रोबर्सले खेलमा सानदार कमव्याक गर्यो ।
खेलको ३३ औ मिनेटमा आर्मस्ट्रोङले एक गोल फर्काए ।
खेलको ४५ औ मिनेटमा लेनिहानले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा गोल हुन सकेन । त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको १०५ औ मिनेटमा जोसेलुले गोल गरे । त्यस्तै १०६ खेलमा पेरेजले गोल गरे । यो जितसँगै न्युक्यासलले प्रिमियर लिगमा जित हात पार्ने अपेक्षा गरिएको छ ।
The post एफए कपः न्युक्यासलले ब्ल्याकबर्न रोबर्सलाई हरायो appeared first on Sajha Post.