Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रोनाल्डोले मेरा धेरै सपना भताभुंग पारिदिए’

$
0
0

काठमाडौँ, २ माघ । युभेन्ट्सका भेट्रान डिफेण्डर जर्जियो चिलियनीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना धेरै सपनाहरु भताभुंग पारिदिएको बताएका छन् ।

उनले भनेका छन्, ‘रोनाल्डोले हामीविरुद्ध यतिधेरै गोल गरेका छन् कि मेरा धेरै सपना भताभुंग हुन पुगे । उनले क्याड्रिफ, टुरिन, मड्रिडमा मेरा सपनाहरु निमोठिदिने काम गरे । च्याम्पियन्स लिगका खेलहरुमा रोनाल्डो युभेन्ट्सका लागि बाधक बनेका थिए ।

उनले थप्दै भनेका छन्,’पहिला च्याम्पियन्स लिग सपना भएको थियो । तर, अब रोनाल्डो नै यस क्लबमा आएपछि यो लक्ष्य बनेको छ ।
उनी हुँदा क्लब कति बलियो हुन्छ त्यो हरेक खेलाडीले महसुस गरेका छन् ।’

यस पटकको च्याम्पियन्स लिगमा युभेन्ट्सले बाजी मार्ने उनले बताए । च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा युभेन्ट्सले एट्लेटिको मड्रिडसँग आमनेसामने गर्दैछ ।

The post ‘रोनाल्डोले मेरा धेरै सपना भताभुंग पारिदिए’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles