काठमाडौँ, २ माघ । पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन चाहेको खबरहरु लामो समयदेखि मिडियामा आइरहेका छन् ।
तर, एक मिडिया रिपोर्टका अनुसार नेयमारका पिताले बार्सिलोनाका पदाधिकारीहरु भेटेको र बार्सिलोना फर्काउन लबिङ गरेको कुरा बार्सिलोनाले अस्वीकार गरेको छ ।
केही मिडियाहरुले बार्सिलोना प्रमुख जोसेफ मारिया बार्तेमोउलाई भेटेको खबर प्रकाशित गरेका थिए ।
तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै यो खबर सबै हल्लामात्र भएको बताएको छ । सन् २०१७ मा नेयमार २२२ मिलियन विश्वकै महँगा खेलाडीको रुपमा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।
The post ‘बार्सिलोनाले नेयमारका पितासँग कुराकानी गरेको छैन’ appeared first on Sajha Post.