Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टी-ट्वान्टी क्रिकेट : ९ विकेटको जित निकाल्दै नेपाल समूह विजेता

$
0
0

काठमाडौं, २ माघ। नेपाल समूह विजेता बन्दै थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ टिमलाई ९ विकेटले हराउँदै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

बैंकमा थाइल्याण्ड ‘ए’ ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ममता कुमारी चौधरीले ८ रन जोडिन् । यस्तै नेरी थापाले अविजित ५ तथा डोली भट्टले अविजित २ रन जोडिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो । थाइल्याण्डकी थान्चानोक फोप्लुकले सर्वाधिक ४ रन जोडिन् । त्यस्तै वार्ली सिनसोङले ३ रन बनाईन् । थाइल्याण्डले ७ रन अतिरिक्त रन पाएको थियो ।

थाइल्याण्डलाई सस्तैमा समेट्न आरती विडारीले ३ विकेट लिईन् । यस्तै इन्दु बर्मा र सरिता मगरले २–२ विकेट लिइन् ।

जितसंगै नेपाल ४ खेलमा अपराजित रहदै सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ८ अंक जोड्यो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । थाइल्याण्ड ‘ए’ मलेसिया र चीन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह बीु’को उपविजेता इन्डोनेसियासंग खेल्नेछ ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।

The post टी-ट्वान्टी क्रिकेट : ९ विकेटको जित निकाल्दै नेपाल समूह विजेता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles