काठमाडौँ, ७ माघ । ला लिगामा लिग लिडर बार्सिलोनाले लेगानेसलाई ३-१ गोलले पराजित गरेको छ । खेलको ३२ औ मिनेटमा ओउसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५७ औ मिनेटमा लेगानेसका लागि मार्टिनले बराबरी गोल फर्काए ।
खेलको ७२ औ मिनेटमा लुइज स्वारेजले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए ।
खेलको अन्तिम मिनेटमा लियोनल मेस्सीले गोल गरे । यो जितसँगै बार्सिलोनाको २० खेलमा ४६ अंक भएको छ । पराजित लेगानेसको २२ अंक रहेको छ ।
The post बार्सिलोनाको सानदार जित appeared first on Sajha Post.