Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाली क्रिकेट टोलीको घोषणा

$
0
0
फाइल फोटो

काठमाडाैं, ७ माघ । संयुक्त अरब एमिरेट्स यूएईमा हुने क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।

टोलीमा पहिलो पटक भीम सार्की, पवन सर्राफ, अभिनाश बोहोरा र सन्दीप जोरालाई छनोट गरिएको छ । अन्य खेलाडीहरुमा उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

नेपालले माघ ११ गते देखि १४ गतेसम्म तीन वटा एक दिवसीय र माघ १७ देखि २० गतेसम्म तीन वटा ट्वान्टी ट्वान्टी खेल्नेछ । सबै खेल युएईको मैदान दुबईमा हुनेछन् ।

The post नेपाली क्रिकेट टोलीको घोषणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles