Image may be NSFW.
Clik here to view.
काठमाडौँ, ७ माघ । प्रशिक्षक जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेडबाट बर्खास्त परेपछि तीनवटा अफरहरु अस्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, ‘मलाई तीनवटा क्लबबाट अफरहरु आएका थिए । मैले खोजेको जस्तो क्लब नभएका कारण अस्वीकार गरे ।
उनले थप्दै भने, म धैर्यवान व्यक्ति हुँ । मैले जहिले प्रतिस्पर्धात्मक खेलको अपेक्षा राख्ने क्लब चाहन्छु ।’
उनले भनेका छन्,’ म्यानुमा मलाई सहयोग भएन । म्यानचेस्टर सिटी र लिभरपुलमा जसरी प्रशिक्षकलाई सहयोग मिल्यो त्यही अनुरुप उनीहरुले आफ्नो बलियो टोली निर्माण गरिरहेका छन् । पेप गुवार्डीवालाले म्यानचेस्रट सिटी सम्हालेपछि क्लबले कति लगानी गर्यो कति खेलाडी बेच्यो र के कति सफलता हात पार्यो सबैलाई थाहा छ । लिभरपुलमा उर्गेन क्लप आएपछि बेक्कर, माने, केइटा, सलाह, फाबिन्हो, विजयाल्डम, भ्यान डायक जस्ता खेलाडीहरु अनुबन्धित भए ।’
उनले भनेका छन्, ‘टिम बनाउनु एउटा कुरा हो तर, गुणस्तर सबै खेलाडीमा समान हुँदैन ।’
The post ‘मैले तीनवटा अफर अस्वीकार गरे’ appeared first on Sajha Post.