काठमाडौँ, ७ माघ । सन् २०१८ का सर्वोत्कृष्ट खेलाडी लुका माड्रिच रियल मड्रिडमा नै लामो समयसम्म बस्न चाहेको बताएका छन् । उनको रियलसँगको सम्झौता सन् २०२० मा सकिदैछ ।
रियलमा लामो समय बिताएका उनले यस सिजन पनि उत्कृष्ट खेल खेलिरहेका छन् । उनले भनेका छन्, ‘म मेरो जीवनको अन्तिम खेल पनि रियलबाट नै खेल्न चाहन्छु । म मेरो सम्झौता बढाउन चाहन्छु ।’
सेभियाविरुद्ध अन्तिम मिनेटमा गोल गर्दै सहज जित दिलाएका उनले रियलमा आफु अत्यन्त खुसी भएको समेत बताएका छन् । सिजनको सुरुवातसँगै उनले क्लब छोड्ने हल्ला मिडियामा व्यापाक आएका थिए ।
तर, उनले रियलमा नै रहने निर्णय लिए । उनीसँग नयाँ सम्झौता गर्नेबारे रियलले कुनै पनि प्रतिक्रिया दिएको छैन ।
The post ‘म रियल मड्रिडमा नै बस्न चाहन्छु’ appeared first on Sajha Post.