मुम्बई । दिल्लीका क्रिकेटर मोहित अहलावतले टी-ट्वान्टीमा तेहोरो शतक लगाएर सबैलाई चकित तुल्याइदिएका छन् ।
एक स्थानीय क्रिकेट टुर्नामेन्टमा अहलावतले यस्तो किर्तिमान बनाएका हुन् । मोहितले मात्र ७२ बलमा ३९ छक्का र १४ चौका लगाएका थिए । उक्त पारी पश्चात मोहितले आफूले कुनै फरकखाले शट नखेलेको र सामान्य शट खेलेको बताए ।
मोहितको उक्त धमाकेदार पारीलाई मानिसहरुले एबी डिविलियर्ससँग तुलना गर्न थालेका छन् । तर उनी भने त्यसलाई मान्दैनन् । उनी भन्छन्, ‘मैले कहिल्यै डिविलियर्सको शट कपी गरिनँ र यस्तो गर्न पनि कोहि सक्दैन ।’
दिल्लीका यस क्रिकेटरलाई जब उनको आदर्श खेलाडिको बारेमा सोधियो त उनले महेन्द्र सिंह धोनीको नाम लिए । उनले भने, ‘मलाई मनपर्ने खेलाडि धोनी हो र म उनीसँग प्रेरणा लिन्छु ।
The post टी-ट्वान्टीमा तेहोरो शतक लगाएका मोहित मान्छन् यस खेलाडीलाई आदर्श appeared first on Sajha Post.