Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जब नेयमार रुदै कराउँदै मैदान छोडे…

$
0
0

काठमाडौँ, १० माघ । ब्राजिल तथा पिएसजीका स्टार खेलाडी नेयमार घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

परिसियन कपमा स्ट्रासवर्गविरुद्धको खेलको ६२ औ मिनेटमा उनी घाइते भएका हुन् ।

गएको सिजन पनि यसै समय उनी सोही खुट्टामा चोट लागेको थियो । मिडिया रिपोर्टका अनुसार एउटै खुट्टामा बारम्बार समस्यादेखिनु राम्रो संकत होइन । उनी रुँदै कराउँदै मैदान छोडेका थिए ।

उनको विकल्पमा पिएसजीले मोउसा डिएबीलाई मैदानमा उतारेको थियो । स्ट्रासवर्गलाई २-० गोलले पराजित गरे पनि विशेष खेलाडी घाइते हुँदा क्लब दुःखी रहेको प्रशिक्षक टचेलले बताएका छन् ।

स्ट्रासबर्गका मिडफिल्डर जेमजेमीले उनीविरुद्ध तीनवटा ट्याकल गरेका थिए । उनले गरेको ट्याकलमध्ये एउटामात्र फल रेफ्रीले दिएका थिए ।  उनी के कति समय मैदान बाहिर रहने हुन् त्योबारे क्लबले प्रतिक्रिया दिएको छैन ।

The post जब नेयमार रुदै कराउँदै मैदान छोडे… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles