Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इएफएल कपको फाइनलमा चेल्सी म्यानचेस्टर सिटीसँग भिड्ने

$
0
0

पोखरा, ११ माघ । टोटनहमको इएफएल कपको फाइनलमा पुग्ने सपना यसपटक पनि तुहिइएको छ ।

पहिलो लिग चरणको खेलमा चेल्सीविरुद्ध एक गोलको अग्रता बनाएको टोटनहम दोस्रो लिगमा पेनाल्टी सुट आउटमा पराजित हुन पुग्यो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलको २७ औ मिनेटमा एन गोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको ३८ औ मिनेटमा इडिन हजार्डले गोल गरे ।

दुई गोलको अग्रता बनाएको चेल्सीविरुद्ध खेलको ५० औ मिनेटमा फ्लोरेन्टो लोरेन्टेले गोल गरे ।

खेल समग्र दुईदुई गोलको बराबरीमा रहेको अवस्था थियो । निर्धारित समय भित्र पनि कुनै पक्षले थप गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

चेल्सीले अन्ततः ४-२ गोलले पेनाल्टी सुटआउटमा टोटनहमलाई पराजित गर्न सफल भयो । आर्सनलसँग प्रिमियर लिगमा पराजित भएको चेल्सीले यो जितले ठुलो राहत दिएको छ ।

अब फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीसँग आमने सामने गर्नेछ ।

The post इएफएल कपको फाइनलमा चेल्सी म्यानचेस्टर सिटीसँग भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles