काठमाडौँ, ११ माघ । गएराति भएको कोपा डेल रे कपमा रियल मड्रिडले जिरोनालाई ४-२ गोलले पराजित गरेको छ । क्वाटर फाइनल खेलको पहिलो लिग चरणमा जिरोनाले अग्रता बनाएको थियो ।
जिरोनाका लागि खेलको ७ औ मिनेटमा एन्थोनी लोरेन्जोले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १८ औ मिनेटमा लुकास भाजकुइजले बराबरी गोल फर्काए ।
खेलको ४२ औ पेनाल्टीमार्फत मिनेटमा सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाए ।
खेलको ६६ औ मिनेटमा जिरोनाले पेनाल्टी पायो । उसका लागि एलेक्सले गोल गर्दै खेल दुईदुई गोलको बराबरीमा ल्याएका थिए । तर, त्यसपछि रियलले थप आक्रामक खेल खेल्यो ।
उसका लागि खेलको ७७ औ र ८० औ मिनेटमा सर्जियो रामोस र करिम बेन्जेमाले एकएक गोल गरे । पहिलो लिग चरणमा रियलले ४-२ गोलको अग्रता बनाएको छ । अर्को खेल जिरोनाको घरेलु मैदानमा हुनेछ ।
The post कोपा डेल रे कप: रियल मड्रिडको जितमा रामोसको दुई गोल appeared first on Sajha Post.