Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्ततः बर्खास्त भए प्रशिक्षक थिएरी हेनरी

$
0
0

काठमाडौँ, ११ माघ । अपेक्षाअनुरुप खेल खेलाउन नसकेका प्रशिक्षक थिएरी हेनरीलाई फ्रेन्च क्लब मोनाकोले बर्खास्त गरेको छ ।

उनले जिम्मेवारी पाएपछि क्लबमा व्यापाक सुधार आउने अपेक्षा क्लबले गरेको थियो । पिएसजी जस्तो क्लबलाई चुनौती दिने मोनाको यस सिजन रेलिगेसन जोनमा रहेको छ । फ्रेन्च लिग वानमा मोनाकोले २१ खेल खेलिसकेको छ । तर, नतिजा अत्यन्त दुःखदायी रहेको छ । गत असोजमा मोनाकोले लियोनार्दो जर्दिमलाई बर्खास्त गर्दै हेनरीलाई क्लब जिम्मेवारी सुम्पिएको थियो ।

सन् १९९७ मा हेनरीले मोनाकोलाई लिग वानको उपाधि जिताउन प्रमुख भुमिका खेलेका थिए । खेलाडी भएर उपाधि जिताएका उनले प्रशिक्षकका रुपमा भने उनी असफल बन्न पुगे ।

यस सिजन मोनाको २१ खेलबाट १५ अंकमात्र जोडेर अंक तालिकाको १८ औ स्थानमा रहेको छ ।

The post अन्ततः बर्खास्त भए प्रशिक्षक थिएरी हेनरी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles