Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युएइविरुद्व सस्तैमा समेटिएको नेपालको बलिङ सशक्त

$
0
0

काठमाडौं, ११ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले यूएईलाई जम्मा ११४ रनको लक्ष्य दिएको छ । ३३.५ ओभरमा सबै विकेट गुमाएर नेपालले उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर खराब प्रदर्शन गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । मुस्किलले ११३ रन बनाएको नेपाली टीमका लागि सोमपाल कामीले ३० रन बनाए । आरिफ शेखले २५ र कप्तान पारस खड्काले जम्मा २० रन बनाए ।

सोमपाल र आरिफले तुलनात्मक रुपमा राम्रो खेले पनि समग्र नेपाली टोलीको प्रदर्शन अपेक्षा गरे भन्दा कमजोर थियो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी समेत जम्मा ५ रनमै आउट भएका थिए । यस्तै पवन सर्राफले ४ र करण केसीले ३ रन मात्रै जोडे । ओपनिङमा खेलेका मल्ल र विनोदको कमजोर प्रदर्शनबाटै नेपाली टोली खेल अवधिभर दबाबमा खेलिरह्यो ।

अहिले सुरु भएको दोस्रो ईनिङमा भने नेपालले सशक्त बलिङ गरिराखेको छ ।

The post युएइविरुद्व सस्तैमा समेटिएको नेपालको बलिङ सशक्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles