काठमाडौं, १२ माघ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईविरुद्ध १४५ रनको शानदार जित दर्ता गरेको छ । शुक्रबार खेल हारेर सुरु गरेको यात्रा अब बराबरीमा पुगेको छ । तीन म्याचको सिरिजमा अन्तिम खेल सोमबार हुनेछ ।
नेपालको जितमा युवा क्रिकेटर रोहित पौडेलले नयाँ रेकर्ड बनाएका छन् । उनले भारतका महान क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका चर्चित क्रिकेट खेलाडी साहिद अफ्रिदीको रेकर्ड तोडेका हुन् । उनले कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड बनाएका हुन् । रोहितले १६ वर्ष १४६ दिनको उमेरमा एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएपछि यस्तो रेकर्ड बनाउन सम्भव भएको हो । ५५ रन बनाएर पभेलियन फर्किएका आफ्नो मात्रै होइन, देशकै नाम राखे ।
यसैगरी नेपालको जितमा सोमपाल कामी ५ विकेट र सन्दीप लामिछानेले ४ विकेट लिन सफल भए । खेलाडीद्वयको ह्याट्रिकसँगै युएईमाथि १४५ रनको फराकिलो जित सम्भव भएको हो । सोमपाल खेलको म्यान अफ दि म्याच नै बने ।
नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो ।
सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आयो । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएर उनले दबाव सुरु गरे । त्यस्तै तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाएर थप दबावमा राखे । लगत्तै पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको पनि विकेट लिए भने छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाएर चम्किए ।
१९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए । सन्दीपले अत्याइरहेको अवस्थामा पुनः बलिङ सम्हालेका कामीले ओभरको तेस्रो बलमा जहोर खानको विकेट लिँदै खेल नै सक्याइदिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमारको रेकर्डस्ँगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनाएको थियो ।
ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै खेलको राम्रो सुरुवात गरे । लगत्तै, त्यसपछि नेपालले लगातार विकेट गुमायो ।
भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए । कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । कमजोर अवस्थामै रहेको नेपालको ब्याटिङको मोर्चा आरिफ शेख र रोहितकुमार पौडेलले सफलतापूर्वक सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गर्न सफल भए ।
शेख २९ रनमा आउट भए ।
यसैगरी करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।
The post रोहितको रेकर्डसँगै युएईविरुद्ध नेपालको शानदार जित, सोमपाल र सन्दीप चम्किए appeared first on Sajha Post.