काठमाडौँ, १६ माघ । आज राति लिभरपुलले लेइसेस्टर सिटीसँग आमने सामने गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा लेइसेस्टरले उच्च मनोबलका साथ खेल्ने बताइएको छ । यस सिजन मध्यम खेल प्रदर्शन गरेको लेइसेस्टर यस अघि लिभरपुलसँग २-१ गोलले पराजित भएको थियो ।
तर, यस सिजन एक खेलमात्र पराजित भएको लिभरपुलले घरेलु मैदानमा बलियो खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको छ । प्रशिक्षक उर्गेन क्लप डिफेन्स लाइनलाई लिएर चिन्तित रहेका छन् ।
तर, उनले नयाँ खेलाडी किन्ने सुर भने गरेका छैनन् ।
डिफेण्डरहरु एकपछि अर्को गर्दै घाइते भएपछि लिभरपुल चिन्तित भएको अवस्था हो । ट्रेन्ट एलेक्जेण्डर आर्नवल्ड,जोय गोमेज, डिजान लोब्रेन, माटिप जस्ता मुख्य खेलाडीहरु घाइते रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार भिर्जिल भ्यान डायक पनि बिरामी रहेका छन् । तर, उनले खेल्न सक्ने सम्भावना बलियो रहेको छ । त्यस्तै जेम्स मिल्नर एक खेलका लागि प्रतिबन्धित रहेका छन् ।
क्रिस्टल प्यालेसविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए ।
यो अवस्थामा उर्गेन क्लपको रणनीति र भाग्य दुवैको परिक्षा हुने समिक्षकहरुले बताएका छन् ।
लिग लिडर लिभरपुलले लेइसेस्टर सिटीलाई पराजित गर्न सकेमा प्रिमियर लिगको उपाधिका लागि पछ्याइरहेको म्यानचेस्टर सिटीसँगको अंकदुरी बढ्नेछ ।
गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग म्यानसिटी पराजित भएको हो । २३ खेल खेलेको लिभरपुलको ६० अंक रहेको छ भने लेइसेस्टर ३१ अंकका साथ १० औ स्थानमा रहेको छ ।
The post म्याच प्रिभ्युः लिभरपुल भर्सेस लेइसेस्टर सिटी appeared first on Sajha Post.