काठमाडौं, १८ माघ । यूएईविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गरेको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो ।
युएईविरुद्धको दोस्रो खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । बसन्त रेग्मी र रोहित कुमार पौडेललाई आराम दिइएको छ । पवन सर्राफ र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् । पवनको टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु खेल हो ।
घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जोगाउने लक्ष्यमा हुनेछ । पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १–१ को बराबरी गर्न चाहन्छ ।
The post टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : दोस्रो खेलमा नेपालविरुद्ध यूएई ब्याटिङमा appeared first on Sajha Post.