काठमाडौं, १८ माघ । यूएईले दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १०८ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रनमा समेटिएको हो । नेपालको बलर चम्किएको खेलमा यूएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । यूएईका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यूएईलाई सस्तैमा समेट्न नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए ।
नेपालविरुद्धको तीन खेलको टी-२० सिरिजमा यूएई १–० ले अघि छ । अहिले नेपाल जवाफी ब्याटिङमा छ ।
The post टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : १०८ रनको लक्ष्य पाएको नेपाल जवाफी ब्याटिङमा appeared first on Sajha Post.