Quantcast
Viewing all articles
Browse latest Browse all 7991

युएईविरुद्ध नेपालको ४ विकेटको जित

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १८ माघ । युएईमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले युएईविरुद्ध ४ विकेटको जित निकालेको छ ।

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै १११ रन जोडेर विजय चुमेको हो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र पवन सर्राफको साझेदारी निर्णायक रह्यो । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । पवन १८ रन बनाएर आउट भए भने दीपेन्द्र ४७ रनमा अविजित रहे ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा केवल ४६ रन थियो । कमजोर अवस्थामा मैदानमा उत्रिएका पवनले दीपेन्द्रसँग मिलेर नेपालको जितमा निर्णायक भूमिका खेले ।
नेपालको जितमा निर्णायक बनेका उनले ४१ बल खेल्दा एक छक्का र चार चौका हिर्काउँदै नेपाललाई जित चुमाए । । त्यसैगरी करण केसीले २३ बलमा २० रन जोडे भने सन्दीप जोहरा ७ बल खेल्दा केवल एक रन जोडेर आउट भए । पवन सराफले २५ बल खेल्दा १८ रन जोडे ।
उपकप्तान ज्ञानेनद्र मल्ल १३ बल्दै खेल्दै केवल ७ रन जोडेर प्याभेलियन फर्किए भने कप्तान पारस खड्का शून्य रनमै आउट भए । प्रदीप ऐरीले ८ बलमा ८ रन जोडे भने

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसकेको थियो ।

युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई/दुई विकेट लिए ।

नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई र नेपाल १–१ को अवस्थामा पुगेका छन् । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

The post युएईविरुद्ध नेपालको ४ विकेटको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles