एजेन्सी, १९ माघ । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडबीच भेट हुने भएको छ ।
स्पेनिस कोपा डेल रेले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार दुई चीर प्रतिद्वन्द्वी बार्सिलोना र रियलबीच सेमिफाइनलमै भिडन्त हुने भएको हो । त्यसैगरी अर्को सेमिफाइनल भिडन्त रियल बेटिस र भ्यालेन्सियाबीच हुनेछ ।
यसअघि लगातार चारपटकसम्म बार्सिलोनाले उपाधि उचाल्दै आएको छ भने रियलले २०१३–१४ को सिजनमा मात्रै बार्सिलोनालाई पराजित गर्न सफल भएको थियो । यो सिजनमा दुई प्रतिस्पर्धीबीच भएको तीन भेटमा २ खेल बार्सिलोनाले जित्यो भने एक खेल बराबरीमा रोकियो ।
सार्वजनिक गरिएको ‘ड्र’अनुसार सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा ७ फेब्रुअरीमा हुनेछ भने दोस्रो लेग रियलको मैदानमा २८ फेब्रुअरीमा हुनेछ । यो सिजनको फाइनल खेल भने २६ मे मा हुनेछ ।
The post स्पेनिस कोपा डेल रेः बार्सिलोना र रियलको भेट सेमिफाइनलमै appeared first on Sajha Post.