Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालको जित

$
0
0


काठमाडौं, १९ माघ । अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तानमा रहेको नेपालले तेस्रो टी ट्वान्टी क्रिकेटमा घरेलु टोलीलाई हराएको छ ।

इस्लामावादमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले हराएको हो । पाकिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले ७ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । खेलमा नेपालका मन केशरी चौधरी प्लेयर अफ दि म्याच बनिन् ।

जितसंगै नेपालले ५ खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ । नेपालले पहिलो खेलमा पनि पाकिस्तानलाई १० विकेटले हराएको थियो ।

The post महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles