काठमाडौँ, २० माघ । गएराति भएको स्पेनिस लिग ला लिगामा भ्यालेनसियासँग बार्सिलोना हार्नबाट जोगिएको छ ।
पहिलो हाफमा नै दुई गोलले पछि परेको बार्सिलोनाका लागि लियोनल मेस्सी नायक साबित बने ।
उनले भ्यालेनसियाविरुद्ध दुई गोल फर्काएका थिए ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भ्यालेनसियाले खेलको २४ औ मिनेटमा अग्रता बनाएको थियो ।
उसका लागि केभिन गामिरोले गोल गरेका थिए । खेलको ३२ औँ मिनेटमा भ्यालेनसियाले पेनाल्टी पाएको थियो जसलाई ड्यानी पारेजोले गोलमा परिणत गर्दै दुई गोलको अग्रता बनाए ।
तर, घरेलु मैदानमा बार्सिलोनाले सानदार कमव्याक गर्यो । उसका लागि खेलको ३९ औ मिनेटमा लियोनल मेस्सीले गोल गरे । दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा फर्कन हरसम्भव प्रयास गर्यो ।
खेलको ६४ औ मिनेटमा उनले बराबरी गोल फर्काए ।
यो बराबरीसँगै बार्सिलोनाको २२ खेलमा ५० अंक भएको छ । बार्सिलोना लिगको शिर्षस्थानमा रहेको छ ।
त्यस्तै बार्सिलोनाबाट अंक खोसेको भ्यालेनसियाको ३० अंक भएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ४४ अंक रहेको छ । उसले एक खेल कम खेलेको छ ।
The post घरेलु मैदानमा मेस्सीले जोगाए बार्सिलोनाको इज्जत appeared first on Sajha Post.