काठमाडौँ, २० माघ । गएराति भएको इटालियन लिग सेरिया ए मा लिग लिडर युभेन्ट्सलाई पर्माले तीनतीन गोलको बराबरीमा रोक्न सफल भएको छ ।
खेलको ३६ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
खेलको ६२ औ मिनेटमा ड्यानियल रुगानीले गोल गर्दै युभेन्ट्सलाई दुई गोलको अग्रता दिलाए । खेलको ६४ औ मिनेटमा एन्टोनियो बरिल्लाले पर्माका लागि एक गोल फर्काए ।
खेलको ६६ औँ मिनेटमा रोनाल्डोले युभेन्ट्सका लागि तेस्रो गोल गरे । त्यसपछि पर्मा खेलमा फर्कियो । खेलको ७४ औ मिनेटमा जर्भिन्होले पर्माका लागि दोस्रो गोल गरे ।
अन्तिम मिनेटमा जर्भिन्होले पर्माका लागि बराबरी गोल फर्काए । यो बराबरीसँगै युभेन्ट्सको २२ खेलमा ६० अंक भएको छ । पर्माको २९ अंक रहेको छ ।
The post पर्माविरुद्ध रोनाल्डोको दुई गोल ओझेलमा पर्यो, अन्तिम मिनेटमा युभेन्ट्स बराबरीमा रोकियो appeared first on Sajha Post.