काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) टोलीसँग अन्तिम तथा तेस्रो टी २० खेल्दै छ ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा सुरु हुनेछ ।
नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी ट्वान्टी सिरिज जित्ने दाउमा रहेको छ ।
नेपाल घरेलु टोलीसँगको तीन खेलको टी ट्वान्टी सिरिज एकएक को अवस्थामा रहेको छ ।
आज हुने अन्तिम खेलमा जित निकाल्दै इतिहास रच्ने दाउमा नेपाला रहेको छ ।
यसअघि नेपालले एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
नेपालले हालसम्म दुई टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी(ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो ।
The post नेपालले आज युएईको सामना गर्दै, टी-ट्वान्टी सिरिज जित्ने दाउमा नेपाल appeared first on Sajha Post.