Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडविरुद्ध मेस्सी खेल्न तयार !

$
0
0

काठमाडौँ, २३ माघ । बुधबार राति हुने क्लासिकोका लागि बार्सिलोनाका प्रशिक्षक भल्भर्डेले लियोनल मेस्सीलाई टोलीमा राखेका छन् । मिडिया रिपोर्टका अनुसार घाइते भएका उनी रियल मड्रिडविरुद्ध खेल्न नसक्ने प्रवल सम्भावना रहेको थियो ।

कोपा डेल रेको सेमिफाइनलमा रियलविरुद्ध उनको भुमिका प्रमुख हुने प्रशिक्षकले बताएका छन् ।

यस सिजन बार्सिलोना उच्च फर्ममा रहेको छ भने रियल विस्तारै लयमा फर्किएको छ । मेस्सी टिममा हुँदा टिमको मनोबल उच्च हुने उनको भनाइ छ । भ्यालेनसियाविरुद्धको खेलमा उनी घाइते हुन पुगेका थिए ।

बार्सिलोनाले सेभियाविरुद्ध सानदार कमव्याक गर्दै यस सिजन उपाधिहरु जित्ने दाउमा रहेको छनक दिइसकेको छ । बार्सिलोनालाई रियलले कसरी रोक्ने हो र सोलारीको रणनीतिले के कति काम गर्ने हो यो भने चासोको विषय बनेको छ ।

The post रियल मड्रिडविरुद्ध मेस्सी खेल्न तयार ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles