काठमाडौँ, २९ माघ । डन बालोन मिडियाका अनुसार रियल मड्रिडले पुर्व बार्सिलोनाका स्टारका खेलाडी नेयमारलाई अनुबन्ध गर्न चाहेको छ ।
तर, चेल्सी स्टार हजार्डलाई पनि अनुबन्ध गर्ने हल्ला चलिरहेको छ ।
यदी पिएसजीबाट नेयमारलाई रियलले अनुबन्ध गरेमा हजार्डलाई नकिन्ने निर्णय रियलले लिन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
नेयमारका कारण हजार्डको रियल जाने सपना तुहिने समेत बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार रियलले दुई जना खेलाडी एकैपटक किन्ने अवस्था रहेको छैन ।
रियलको पहिलो रोजाईमा पनि नेयमार रहेका छन् । पिएसजीमा खुसी नरहेको र अन्य क्लब जान चाहेका कारण नेयमार रियलको प्रमुख निशानामा रहेका छन् ।
The post नेयमारका कारण हजार्ड रियल जान नसक्ने सम्भावना बलियो appeared first on Sajha Post.