काठमाडौँ, २९ माघ । आज रातिबाट च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु सुरु हुँदैछन् ।
पहिलो खेलमा इंलिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पिएसजी आमने सामने गर्दैछन् ।
यस सिजन उच्च फर्ममा रहेको पिएसजी घरेलु लिगमा एक खेलमात्र हारेको छ । त्यस्तै पछिल्ला ११ खेलमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड ब्याक टु ब्याक फर्ममा रहेको छ ।
म्यानुको घरेलु मैदानमा हुने पहिलो खेलमा पिएसजीका स्टार खेलाडीहरु भने हुने छैनन् ।
पिएसजीका स्टार खेलाडी नेयमार, इडिसन काभानी जस्ता खेलाडीहरु घाइते रहेका छन् । काइलियन एमबाप्पे, मुनियरजस्ता खेलाडीहरुको भरमा पिएसजी रहेको छ ।
पिएसजीका प्रशिक्षक टचेलले भनेका छन्, काभानी र नेयमारको विकल्प हामीसँग छैननन् ।
तैपनि हाम्रो खेलमा कुनै कमी आउने छैन ।
उता म्यानुका स्टार खेलाडी पोउल पोग्वालाई पिएसजीले कसरी रोक्ने हो त्यो चासोको विषय बनेको छ ।
उच्च फर्ममा रहेका उनले डिसेम्बर यता १० गोल गरिसकेका छन् ।
पछिल्लो समय प्रिमियर लिगमा सबैभन्दा उच्च फर्ममा उनी देखिएका छन् । म्यानुसँग बलियो इतिहास भएका कारण पनि पहिलो खेलमा पिएसजीविरुद्ध जित हात पार्ने सम्भावना बलियो रहेको बताइएको छ ।
हालसम्म म्यानु फ्रेन्च क्लबसँग पराजित भएको छैन । सन् १९९८ मा लिली र सन् २००५ मा मोनाकोसँग म्यानुले बराबरी खेल खेलेको थियो । पछिल्लो समय म्यानुको च्याम्पियन्स लिग यात्रा खासै राम्रो नभएका कारण म्यानुलाई खेल जित्नै पर्ने दबाब रहेको छ ।
The post च्याम्पियन्स लिग प्रिभ्युः नेयमार र काभानीबिहिन पिएसजीलाई पराजित गर्ला त म्यानचेस्टर युनाइटेडले appeared first on Sajha Post.