Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः रोमाको कठिन जित

$
0
0

काठमाडौँ, १ फागुन । गएराति भएको च्याम्पियन्स लिगको दोस्रो अन्तिम १६ को खेलमा इटालियन क्लब रोमाले पोर्टोलाई २-१ गोलले पराजित गरेको छ ।

रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाका निकोलो जानियोलो नायक साबित भए । उनले खेलको ७० औ मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए ।

खेलको ७६ औँ मिनेटमा उनले नै दोस्रो गोल गरे । खेलमा फर्कन हरसम्भव प्रयास गरेको पोर्टोका लागि खेलको ७९ औ मिनेटमा एन्द्रिन लोपेजले गोल गरे ।

पोर्टोले घरेलु मैदानमा कमव्याक गर्ने सम्भावनालाई जीवितै राखेको छ । अवे गोलको एण्डभान्टेज पाएको पोर्टो आफ्नो घरेलु मैदानमा के कस्तो खेल खेल्ने हो त्यो भने चासोको विषय हुनेछ ।

The post च्याम्पियन्स लिगः रोमाको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles