Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १ फागुन । समिक्षकहरुका अनुसार बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो फ्लप भएका छन् ।
लिभरपुलबाट बार्सिलोना आएका कोटिन्हो लगातार आलोचित बनेका छन् ।
लि १० स्पोर्ट मिडियाका अनुसार बार्सिलोनामा फ्लप भएका कोटिन्हो क्लब छोड्न चाहन्छन् ।
मिडिया रिपोर्टका अनुसार उनी पिएसजी जान चाहन्छन् ।
नेयमार र कोटिन्हो मिल्ने साथी हुन् । उनीहरुबीच राम्रो बोण्डिंग रहेको छ । कोटिन्हो पनि अधिक खेल्ने अवसरको खोजीमा रहेका छन् । नेयमारसँग पिएसजीमा खेल्न उनले चाहेको समेत बताइएको छ ।
पिएसजी इडिसन काभानी बेच्ने तयारीमा रहेको बताइएको छ । उनलाई बेचेसँगै कोटिन्होलाई पिएसजीमा ल्याउन सकिने सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
The post फ्लप कोटिन्होलाई पिएसजीले किन्न सक्ने ! appeared first on Sajha Post.