काठमाडौँ, १ फागुन । प्रिमियर लिगमा लज्जास्पद हार भोगेपछि चेल्सीका प्रशिक्षक सारी तनावमा रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार उनलाई हटाएर पुर्व रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान ल्याउने तयारी भएको बताइएको छ ।
सारीलाई चेल्सीमा दुई हप्ताको समय दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस दुई हप्ता चेल्सीको खेल नसुधारिएमा उनलाई बर्खास्त गर्ने र जिदानलाई नियुक्त गर्ने सोचमा क्लब रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
बोर्नेमाउथसँग ४-० गोल र म्यानचेस्टर सिटीसँग ६-० गोलले पराजित भएपछि चेल्सी बोर्ड सारीको रणनीतिलाई लिएर गम्भिर भएको हो ।
मिडिया रिपोर्टका अनुसार जिदानसँग चेल्सी बोर्डले छलफल गरेको छ ।
The post प्रशिक्षक सारीलाई दुई हप्ताको समय, जिदानलाई नियुक्त गर्ने तयारीमा चेल्सी appeared first on Sajha Post.