Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिग: घरेलु मैदानमा आयाक्सले रियल मड्रिडलाई रोक्न सकेन

$
0
0

काठमाडौँ, २ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले आयाक्सलाई २-१ गोलले पराजित गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लिगमा आयाक्स आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।

रियलका लागि खेलको ६० औ मिनेटमा करिमबेन्जेमाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ७५ औ मिनेटमा आयाक्सका लागि हाकिम जिएचले बराबरी गोल फर्काएका थिए ।

दुवै टिमले प्रतिस्पर्धात्मक खेल खेलेका थिए ।

तर, यस सिजन व्याक टु व्याक फर्ममा रहेको रियलका लागि मार्को एसिन्सोले गोल गर्दै जित दिलाए । पहिलो लिगमा रियलले २१ गोलको अग्रता बनाएको छ । अर्को खेल रियलको घरेलु मैदानमा हुनेछ ।

The post च्याम्पियन्स लिग: घरेलु मैदानमा आयाक्सले रियल मड्रिडलाई रोक्न सकेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles