काठमाडौँ, २ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा टोटनहमले बोरुसियालाई ३-० गोलले पराजित गरेको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा बोरुसिया पराजित भएको हो । यस सिजन मास्टरक्लास खेल प्रदर्शन गर्दै आइरहेको टोटनहमले सानदार जित हात पारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवातसँगै टोटनहमले एकपछि अर्को अवसर सिर्जना गर्न थाल्यो ।
टोटनहमका लागि खेलको ४७ औ मिनेटमा सनले गोल गर्दै अग्रता दिलाए ।
खेलको ८३ औ मिनेटमा जेन भर्टोनगेनले गोल गर्दै टोटनहलाई दुई गोलको अग्रता दिलाए । यस सिजन उच्च फर्ममा रहेको टोटनहमका लागि खेलको अन्त्यतिर लोरेन्टेले गोल गरे । बोरुसियाले एक गोल पनि फर्काउन सकेन ।
घरेलु मैदानमा हुने खेलमा बोरुसियाले कमव्याक गर्ने सम्भावना पनि अति कमजोर देखिएको छ ।
The post घरेलु मैदानमा टोटनहमको गर्जन, बोरुसिया डोर्टमण्ड पराजित appeared first on Sajha Post.