Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रशिक्षक सारीलाई चेल्सीमा साह्रै गाह्रो पर्यो

$
0
0

काठमाडौँ, ८ फागुन । एकपछि अर्को महत्वपुर्ण खेलमा पराजित भएपछि चेल्सीका प्रशिक्षक सारी यतिखेर तनावमा रहेका छन् ।

म्यानचेस्टर सिटीसँगको लज्जास्पद हार र एफए कपमा म्यानचेस्टर युनाइटेडसँग पनि पराजित भएपछि चेल्सीका प्रशिक्षक सारीलाई हटाउन फ्यानहरु नै लागि परेका छन् ।

म्यानुविरुद्ध खेलमा उनीविरुद्ध फ्यानहरु खनिएका थिए ।

क्लबले उनलाई तत्कालै नहटाउने बताइरहेको छ ।

तर, खराब प्रदर्शन जारी राखे उनी कतिन्जेल चेल्सीमा रहने यो प्रश्न बारम्बार उठाइएको छ ।

उनलाई बर्खास्त गरेर जिनेदान जिदान ल्याउने हल्ला पनि उत्तिकै रहेको छ । एकाएक लय बिग्रिएपछि चेल्सीका प्रशिक्षकलाई अति कठिन अवस्था सिर्जना भएको छ ।

The post प्रशिक्षक सारीलाई चेल्सीमा साह्रै गाह्रो पर्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles