Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः १० जनामा सिमित म्यानचेस्टर सिटीले साल्केलाई हरायो

$
0
0

काठमाडौँ, ९ फागुन । यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा साल्के०४ लाई ३-२ गोलले पराजित गरेको छ ।

साल्केको घरेलु मैदानमा भएको खेलमा अग्रता म्यानसिटीले सर्जियो अगुइरोको गोलमार्फत लिएको थियो । तर, खेलको ३८ औ मिनेटमा साल्केले पेनाल्टी पायो ।

उसका लागि नबिल बेन्टालेबले बराबरी गोल फर्काए । खेलको ४५ औ मिनेटमा पुन साल्केले पेनाल्टी पायो ।

बेन्टालेबले गोल गर्दै साल्केलाई अग्रता दिलाए ।

खेलको ६८ ओ मिनेटमा म्यानसिटीलाई झट्का लाग्यो जब ओटामेण्डी रातोकार्ड खाँदै बाहिरिए ।

तर, १० जनामा सिमित म्यानसिटीले सानदार कमव्याक गर्यो । खेलको ८५ औ मिनेटमा लिओरो सानेले बराबरी गोल फर्काए ।

खेल सकिनै लाग्दा रहिम स्टर्लिंगले गोल गरे । यो जितसँगै म्यानसिटीलाई तीन अवे गोलको एडभान्टेज पनि मिलेको छ ।

The post च्याम्पियन्स लिगः १० जनामा सिमित म्यानचेस्टर सिटीले साल्केलाई हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles