काठमाडौँ, ९ फागुन । ब्राजिल तथा पिएसजीका स्टार खेलाडी नेयमार उपचारका लागि ब्राजिल गएका छन् ।
खुट्टामा लागेको चोटका कारण उनी सात हप्ताका लागि मैदानबाहिर रहने मिडिया रिपोर्टमा उल्लेख छ ।
पिएसजीका मेडिकल स्टाफको सुझावकै आधारमा उनी ब्राजिल गएका हुन् ।
केही समय अगाडि भएको एक कार्यक्रममा उनी आफ्नो चोटका कारण भावुक बन्दै रोएका थिए ।
यस सिजन २-० गोल गरिसकेका उनी खेल्न नसक्दा पिएसजीका अर्को स्टार खेलाडी काइलियन एमबाप्पे चम्किएका छन् ।
च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्ने क्रममा उनले अहम भुमिका खेलेका थिए ।
नेयमार र काभानी घाइते भएपछि पिएसजीको खेलमा असर गर्ने अनुमान गरिएको थियो ।
तर, त्यो समस्या नआएको मिडिया रिपोर्टमा उल्लेख छ । नेयमार सात हप्तापछि मैदान फर्किने बताइएको छ ।
The post उपचार गर्न ब्राजिल पुगे नेयमार appeared first on Sajha Post.