काठमाडौँ, ९ फागुन । आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को महिला फुटबल टोलीको आज चयन गरिएको छ ।
रौतहट र पर्साबाट समान सात÷सात, बाराबाट दुई तथा धनुषा र सर्लाहीबाट समान एक/एक खेलाडी गरी १८ सदस्यीय टोलीको चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
छनोट हुनेमा रौतहटबाट सुजिता लामा, विनिता ठोकर, रजनी ठोकर, दिलकुमारी राना मगर, मेनुका नगरकोटी, सजनी ठोकर र सरु वाइबा, पर्साबाट सपना बस्नेत, रोशनी लिम्बू, एलिना राना मगर, सुनिताकुमारी तामाङ, शान्तिमाया गुम्बा, सानु मैनाली र इशा थापा मगर, बाराबाट विमनिभा तामाङ र प्रियङ्का गुरुङ, धनुषाबाट उमा गुरुङ तथा सर्लाहीबाट रोशनी श्रेष्ठ छन् ।
एथलेटिक्स खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूदमा सहभागी हुने प्रदेश नं ३ का एथलेटिक्स खेलाडी छनोट गरिएका छन् । छनोटमा १५ पुरुष र १२ महिला गरी २७ खेलाडी रहेका प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो ।
छनोट हुने पुरुष खेलाडीमा ललितपुरका खिलबहादुर कार्की, मकवानपुरका छिरिङ लामा थिङ, चितवनका अमृत, सिन्धुलीका सुवास थापा, काठमाडौँका धर्म महर्जन, ललितपुरका विकास ठकुरी, चितवनका भुवन महतो, ललित रावत, काभ्रेपलाञ्चोकका दीपक गुरुङ, चितवनका जन्नुराम चौधरी, मकवानपुरका सन्तराम माझी, भक्तपुरका ईश्वरचन्द्र बस्नेत, सिन्धुलीका देवबहादुर खड्का, नुवाकोटका सनम राई र चितवनका पिताम्बर महतो छन् ।
त्यसैगरी महिला खेलाडीमा नुवाकोटकी रञ्जिता राई, भक्तपुरकी स्वागाता खाइजु, नुवाकोटकी पूजा राई, ललितपुरकी काजल विष्ट, काठमाडौँकी सन्तोषी श्रेष्ठ, मेलिना श्रेष्ठ, मकवानपुरकी शर्मिला श्रेष्ठ, नुवाकोटीकी जनम ओस्ती, काभ्रेपलाञ्चोककी स्मृति श्रेष्ठ, भक्तपुरकी श्रयस्का सिल्पकार, काठमाडौँकी सरु खवास र चितवनकी सजिना लामिछाने छन् ।
The post आठौँ राष्ट्रिय खेलकूद : प्रदेश नं २ को महिला फुटबल टोली चयन appeared first on Sajha Post.