काठमाडौँ, १० फागुन । गएराति भएको युरोपा लिगमा चेल्सीले माल्मोलाई ३-० गोलले पराजित गरेको छ ।
समग्रमा चेल्सीले माल्मोलाई ५-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
चेल्सीको जितमा ओलिभर जिरोर्ड, रोस बाक्र्ले र क्यालम हडसनले एकएक गोल गरेका थिए ।
चेल्सीको घरेलु मैदानमा भएको खेलको ५४ औ मिनेटमा ओलिभर जिरोर्डले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ७४ औ मिनेटमा बाक्र्लेले गोल गरे । खेलको ८४ औ मिनटमा क्यालमले गोल गरेपछि माल्मोमाथि चेल्सीले सहज जित हात पारेको हो ।
The post युरोपा लिगः चेल्सी अन्तिम १६ मा प्रवेश appeared first on Sajha Post.