Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालको उत्कृष्ट बलिङसँगै यूएई ४१ रनमै अलआउट

$
0
0

काठमाडौं, १० फागुन । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत तेस्रो खेलमा नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ । नेपालले जितको लागि ४२ रनको लक्ष्य प्राप्त गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक थाईल्यान्डसँग फराकिलो हार बेहोरेको थियो ।

 

The post नेपालको उत्कृष्ट बलिङसँगै यूएई ४१ रनमै अलआउट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles