काठमाडौँ, १० फागुन । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ ।
आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुदैंं थियो।
बिहीबारको खेलमा काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो। यसैमा काठमाडौैंले असन्तुष्टी जनाएको थियो।
आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले खेल बहिस्कार गरेको म्यानेजर सञ्जय श्रेष्ठले बताए । उनले सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो नगरेको आरोप लगाएका छन् ।
The post डीपीएल : काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार appeared first on Sajha Post.