काठमाडौ, १९ फागुन । गएराति भएको प्रिमियर लिगमा आर्सनल र टोटनहमले एकएक गोलको बराबरी खेल खेलेका छन् ।
लगातार दुई खेलमा हार भोगेको टोटनहमले आर्सनललाई बराबरीमा रोक्न सफल भएको हो ।
यस सिजन प्रिमियर लिग उपाधिका लागि टोटनहम बलियो टोली भएको अनुमान गरिएको थियो । तर, टोटनहम एकपछि अर्को खेल हारेपछि उपाधि होडबाट लगभग बाहिरिएको छ ।
गएराति भएको खेलमा आर्सनलका लागि खेलको आरोन रामसेले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ७२ औँ मिनेटमा टोटनहमका लागि ह्यारी केनले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
यो बराबरीसँगै लिगको पाँचौँ स्थानमा रहेको आर्सनलको २९ खेलबाट ५७ अंक भएको छ । लिगको तेस्रो स्थानमा रहेको टोटनहमको ६१ रहेको छ ।
The post टोटनहमको खेल खस्किदै, घरेलु मैदानमा आर्सनलसँग बराबरीमा सिमित appeared first on Sajha Post.