काठमाडौँ, २७ फागुन । गएराति भएको अर्को प्रिमियर लिगमा चेल्सी वल्भरह्यामटनसँग पराजित हुनबाट जोगिएको छ ।
चेल्सीले वल्भ्सलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको हो ।
खेलको ५६ औ मिनेटमा राउल जिमिनेजले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए ।
खेल सकिनै लाग्दा चेल्सीका लागि इडिन हजार्डले बराबरी गोल फर्काए ।
ब्याक टु व्याक फर्ममा देखिएको चेल्सी पनि शिर्ष चारमा स्थान बनाउन संघर्षरत रहेको छ ।
चेल्सीको २९ खेलमा ५७ अंक भएको छ । चेल्सी लिगको छैटौँ स्थानमा रहेको छ । सातौँ स्थानमा रहेको वल्भ्सको ४४ अंक रहेको छ ।
The post चेल्सी बराबरीमै सिमित appeared first on Sajha Post.