काठमाडौँ, २७ फागुन । प्रिमियर लिगमा लिभरपुलले बर्नलीलाई ४-२ गोल पराजित गरेको छ ।
लिभरपुलका लागि रोबर्टो फिर्मिन्हो र साडियो मानेले दुई दुई गोल गरे । बर्नलीका एस्ले वेष्टवुड र जोहन गुडमण्डसनले एक एक गोल गरे ।
खेलको छैठौँ मिनेटमा वेष्टवुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर, १९ औं मिनेटमा फिर्मिन्होले बराबरी गोल फर्काए । खेलको २९ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरे ।
खेलको इन्जुरी समयमा बर्नलीका जोहनले गोल गरे। तर, मानले खेल सकिन केही सेकेण्ड बाँकी रहँदा सानदार गोल गरे ।
यो जितसँगै लिभरपुलको ३० खेलबाट ७३ अंक भएको छ । उपाधि होडमा रहेको लिभरपुल म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेको छ । ३० अंकका साथ बर्नली १७ औं स्थानमा छ ।
The post म्यानचेस्टर सिटीलाई पछ्याउँदै लिभरपुल appeared first on Sajha Post.